Duration 7:31

‘संसद विघटन सहि थियो, अदालतको फैसला गलत थियो, यो कुरा जनताको बीचमा लैजान्छौं | | Pradeep Gyawali | |

31 watched
0
0
Published 22 Jul 2021

नेकपा एमालेले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुराएको निष्कर्ष निकालेको छ । बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले ४ वटा विशेष प्रस्ताव पारित गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाबारे पार्टीको दृष्टिकोण तय गरेको हो । अदातलको फैसलाले संविधानलाई नै कमजोर पार्न खोजेपनि न्यायपालीकाको फैसलालाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै बैठकले अध्यक्ष केपी ओलीको नेतृत्वमा सञ्चालित ४१ महिनाको समीक्षा गरेको छ । अनेकौ प्रतिकुलताबीच पनि सरकारले ऐतिहासिक कामहरु गरेको ठहर गरेको उनले बताए।

Category

Show more

Comments - 0