Duration 10:48

तुलसीपुरबाट मात्र ६ कि.मिको दुरीमा रहेको साततले झरणा | Saat Tale Jharana at Tulsipur

1 805 watched
0
55
Published 14 Sep 2020

लकडाउनको समयमा पनि दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित साततले झरना हेर्न आउनेको भीडभाड हुन्छ । दैनिक एकहजारसम्म झरना अवलोकन गर्न आउने गरेका छन् । यस बर्ष मात्रै देखिएको उक्त झरनामा पछिल्लो समय हेर्न आउनेको घुइँचो लाग्ने गर्छ । लकडाउनको समय भएर पनि होला, यो झरना अहिले पर्यटनको केन्द्र नै बन्ने गरेको स्थानीयहरु बताउछन् । लकडाउनमा घरभित्रै बसेर आजित भएकाहरु यसरी मनोरञ्जनकालागि पैदल हिडेर झरनामा आउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले पर्यटन क्षेत्रको खोजी गरि विकास गर्ने कार्य गरिरहेको छ । उक्त झरनालाई थप पर्यटनको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने योजना स्थानीय सरकारले अघि बढाउनु पर्ने देखिन्छ । झरना अवलोकन गर्नेहरुबाट शूल्क लिन नसकिएको अबस्थामा शूल्क लिनकालागि सोही स्थानमा पूर्वाधार निर्माण गर्न स्थानीय सरकारले मद्दत गर्ने हो भने त्यसलाई पर्यटनको गन्तब्यका रुपमा विकास गर्न सकिन्छ । अहिले फोटो खिच्ने, टिकटक बनाउने तथा अवलोकन गर्नेहरु त्यहाँ पुग्ने गर्छन् ।

Category

Show more

Comments - 0